ट्रेड टावरको आम्दानी बढ्यो, नाफा ९९ प्रतिशतले घट्याे
३० साउन, काठमाडौं । ट्रेड टावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ९ करोड ९८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६९.४८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी १ करोड ७५ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ९९.३९ प्रतिशत घटेर १ लाख ३० हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
८१ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ करोड ८३ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६१ पैसा घटेर २ पैसामा सीमित भएको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ९३ पैसा रहेको छ।
प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार ०९:३६














