२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

माबिलुङ इनर्जीको आइपीओमा २१ गुणा बढी आवेदन, सेयर पाउन भाग्यमै भर !

२९ साउन, काठमाडौं  । माबिलुङ इनर्जी लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ् लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाख २५ हजार २५६ जनाले २ अर्ब ६६ करोड ६७ लाख १७ हजार रुपैयाँ बराबरको २ करोड ६६ लाख ६७ हजार १७० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा २१.३५ गुणा बढी आवेदन हो ।

कम्पनीले साउन २६ गतेदेखि आम सर्वसाधारणका लागि आइपीओमा निष्काशन गरेको थियो । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख २४ हजार ८९० जनाले प्राप्त गर्नेछन् । भने २२ लाख भन्दा बढीको हात खाली हुने छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १८:००