हकप्रद निष्कासनका लागि नारायणी डेभलपमेन्ट बैंकले तोक्यो बुकक्लोज मिति
२९ साउन, काठमाडौं। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति तय गरेको हो ।
बैठकले हकप्रद निष्कासन प्रयोजनका लागि भदौ ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै हकप्रद खरिद गर्न पाउनेछन् ।
प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १७:१४












