जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा
२९ साउन, काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गर्नुभएकाे हाे ।
उनीहरूबीच निकट भविष्यमा नै पार्टी एकता गर्ने गरी कार्यगत एकताको घोषणा गरिएको हो।
प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १७:०२












