नेप्सेमा झिनो अंकको सुधार, ७ अर्ब ४६ करोडको कारोबार
२९ साउन, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंककाे सुधार आएको छ । यस दिन नेप्से २.६२२ अंकले बढेर २७८८.३६ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४७ करोड १७ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन नेपाल रिपब्लिक मिडियाको सेयरमा सकरात्मक सर्किट लागेकाे छ ।
प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १५:३७












