१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२९ साउन, काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन बिहीबार सेयर बजारमा सामान्य सुधार आएको छ । यस दिन नेप्से २.६२२ अंकले बढेर २७८८.३६ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४७ करोड १७ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ४१ करोड ७७ लाख १५ हजार रुपैयाँ, बलेफी हाइड्रोपावरको ३६ करोड ८४ लाख १८ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २२ करोड ६५ लाख ९९ हजार रुपैयाँ, सहास उर्जाको २२ करोड ३३ लाख २१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १५:२३