नेपाल रिपब्लिक मिडियाको सेयरमा सकरात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
२९ साउन, काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन बिहीबार सेयर बजारमा सामान्य सुधार आएको छ । यस दिन नेप्से ४.१२ अंकले बढेर २७८९.८७ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेपाल रिपब्लिक मिडियाको सेयरमा सकरात्मक सर्किट लागेकाे छ । त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य ५.५६ प्रतिशत, कुमारी सबल योजनाको सेयरमूल्य ४.६३ प्रतिशत, राधि विद्युत कम्पनीको सेयरमूल्य ४.४३ प्रतिशत र अप्पर स्याङ्गे हाइड्रोपावरको सेयरमूल्य ४.२२ प्रतिशतले बढेकाे छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १५:१९












