२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

पशुपतिको आर्यघाटबाट हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

२९ साउन, काठमाडौं । पशुपतिको घाटमा जलाइरहेको शवको हड्डी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।

ठाकुर हड्डी र खरानी खरिद गर्ने व्यक्ति रहेको र यादव भने सहयोगीको भूमिकामा देखिएका एसपी बोहराले बताउनुभयो । प्रहरीले पक्राउ परेका ठाकुर र यादवबाट हड्डीको धुलो तथा खरानी जस्तो देखिने पदार्थ बरामद गरेको छ। प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएकाे छ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १४:१५