२९ पुष २०८२, मंगलवार | Wed Jan 14 2026

नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकियो

२९ साउन, काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले गत सोमबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभएकाे हाे ।

नागढुङ्गा सुरुङमार्ग हुँदै गुड्ने कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने छ । त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ । यसैगरी भारी उपकरणका सवारीसाधन काठमाडौँ आउँदा ६०० र जाँदा २५० शुल्क दस्तुर तोकिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १३:४९