विद्या भण्डारीको पार्टी सदस्यता ‘कु’ गरेपछि पहिलो पटक चीन जाँदै ओली
२९ साउन, काठमाडौँ । नेकपा एमालेको पूर्व उपाध्यक्ष समेत रहनुभएको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता ‘कु’ गरेपछि प्रधानमन्त्री समेत रहुनभएको पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलो पटक चीन जाँदै हुनुहुन्छ ।
चीनमा हुन लागेको संघाइ अर्गनाइजेशन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लाग्नु भएको हो । भदौ १४ गते प्रधानमन्त्री ओली बेइजिङ जाने भनिए पनि यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।
जननेता मदनकुमार भण्डारी चीन गएर फर्केपछि रहस्यय दुर्घटनामा पारेर हत्या गरिएको भन्ने कतिपय एमाले जनले उहाँको पत्नी समेत रहनुभएको पूर्व उपाध्यक्ष भण्डारीको पार्टी सदस्यता पनि चीन भ्रमणबाट फर्किएपछि नै खोसिएको भन्दै अनेक तर्क गरिरहेका छन । यही परिप्रेक्ष्यमा प्रधानमन्त्री ओली चीन जाने तय भएको छ ।
भण्डारीलाई चीनले उच्च महत्व दिएको थाहा पाएपछि एमाले अध्यक्ष, महासचिवसहित नेताहरूले उहाँको भ्रमण एमाले नेताको हैसियतमा नभइ व्यक्तिगत रहेको भन्दै अनेक टिप्पणी गरेका थिए । पछि उहाँ नेपाल फर्किएर असार १४ को मदन जयन्तीमा सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि ओलीले आफ्नो कुर्सीको सुरक्षाका लागि भन्दै भण्डारीको सदस्यता ‘कु’ गरेको घोषणा गर्नुभएको थियो ।
पार्टी केन्द्रीय कमिटीको बैठकमा एजेन्डा नै नभएको विषय ओलीले निर्णयको रूपमा सुनाएर विद्यादेवी भण्डारी एमालेको सदस्य हुन नसक्ने आफ्नो फैसला सुनाउनु भएको थियो । त्यसपछि एमाले वडा कमिटीसम्म ओली र भण्डारीको नाममा विभाजित छ । विद्याको सदस्यता माथिको कारबाहीको विषय सेलाउन नपाउँदै ओलीको चीन भ्रमणमा जाने निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
भारत भ्रमणको निम्तो नै नपाइ भाद्र ३१ गते भने भ्रमणमा जाने भन्दै मिडिया ट्रायल गरिएको थियो । अहिलेसम्म प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको निम्ताको सार्वजनिक पुष्टि गरेका छैनन् । यद्यपी अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले बाइलाइनमै भ्रमणको मिति तोकिदिएपछि एमाले कार्यकर्ता भने प्रधानमन्त्रीले लामो प्रतिक्षापछि भारतको भ्रमण गार्न लागेको भन्दै भदौ ३१ मा भारत भ्रमण हुने भनेर चर्चा परिचर्चा गरिरहेका हुन्छन् ।
प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १२:४४












