२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

मुनाफातिर समृद्धि फाइनान्स, निक्षेप र कर्जा लगानीमा सुधार

२९ साउन, काठमाडाैं । समृद्धि फाइनान्स लिमिटेडले प्रकाशन गरेको वित्तीय विवरणले सुधारको आशा देखाएको छ । लामो समयदेखि नोक्सानीमा रहेको फाइनान्सले चौथो त्रैमाससम्ममा रु ३.१९ करोड नाफा कमाउन सफल भएको छ ।

यस अवधिमा संस्थाको निक्षेप संकलन १३.७२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भएको छ । उच्च रुपमा रहेको निष्कृय कर्जा एकल अंकमा ल्याउन सफल भएको ।

अघिल्लो वर्षको सोही अवधिमा १९.९३ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात यस अवधिमा ९.६६ प्रतिशतमा झरेको छ । प्रतिसेयर आम्दानी रु ३.९० रहेको छ । सानो व्यवसाकिय आकारले गर्दा सञ्चालन नोक्सानीमा रहनु एवं उच्च मात्रामा निष्कृय कर्जा रहेकोमा क्रमिक रुपमा व्यवसाय वृद्धि गर्दै संस्था सञ्चालन मुनाफामा लैजाने दृढ अठोट संस्थाले लिएको छ ।

पोखरा फाइनान्स लि.सँग मर्जर सम्झौता गरेको फाइनान्सले आगामी दिनमा अझ दरिलो, विश्वासिलो एवं सुदृढ फाइनान्सको रुपमा स्थापित भई सेयरधनीलाई उच्चतम लाभाशं प्रदान गर्ने अठोट लिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार ११:५५