एनएलजी इन्स्योरेन्सकाे नाफा १६ करोड ११ लाख, अधिकांश सूचकमा सुधार
२९ साउन, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा १६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ९.६६ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले गत आवमा कुल ९३ करोड ९२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गर्न सफल भएको छ । यो बीमाशुल्क रकम अघिल्लो आवको तुलनामा ४६.६२ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ६४ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
कम्पनीको कुल आम्दानी १ अर्ब २७ करोड रुपैयाँबाट बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुग्दा कुल खर्च पनि १ अर्ब ४ करोड रुपैयाँबाट बढेर १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। चुक्ता पूँजी २ अर्ब ५६ करोड रुपैयाँ पुगेको कम्पनीको महाविपत्ति कोषमा ८ करोड ५७ लाख रुपैयाँ, जगेडा कोषमा ५ करोड ७४ रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको कम्पनीको प्रतिसेयर आम्दानी ९.५५ रुपैयाँबाट घटेर ६.२८ रुपैयाँ कायम भएको छ भने कम्पनीको नेटवर्थ १७७.०६ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार ११:३४












