२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

नाफासँगै बढ्यो सूर्यज्योति लाइफको प्रतिसेयर आम्दानी

२९ साउन, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विववरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ३५ करोड २ लाख रुपैयाँको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा १.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधपमा कम्पनीले ११ अर्ब १८ करोड रुपैयाँको खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २२.८३ प्रतिशतले बढी हो । कम्पनीको कुल आम्दानी १२ अर्ब ६६ करोड रुपैयाँबाट बढेर १५ अर्ब १३ करोड रुपैयाँ पुग्दा कुल खर्च पनि १२ अर्ब ७ करोड रुपैयाँबाट बढेर १४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

 चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहको कम्पनीको महाविपत्ति कोषमा ३९ करोड ४६ लाख रुपैयाँ र जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.९९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.८५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार ११:२३