२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

नेपाल बैंकको नाफा बढ्याे, लाभांश क्षमता ऋणात्मक

२९ साउन, काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.६५ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवमा बैंकले खुद ब्याज आम्दानी १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ गरेको छ । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १७ करोड ४९ लाख, सञ्चालन आम्दानी ११ अर्ब ९४ करोड ३९ लाख र सञ्चालन नाफा ५ अर्ब ४१ करोड लाख ८६ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ । बैंकको लाभांश क्षमता पनि ऋणात्मक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५.६८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ । १४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २३ अर्ब ४८ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ खर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १०:५१