२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

सानिमा जिआइसी इन्स्योरेन्सले नाफा ३५ करोड, आम्दानीमा पनि वृद्धि

२९ साउन, काठमाडौं । सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको अन्त्यसम्म ३५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १०.१३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यसैगरी गत आवमा कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरको हो। अघिल्लो आवमा कमाएको २ अर्ब ५१ करोड रुपैयाँको तुलनामा १.३३ प्रतिशतले बीमाशुल्क आर्जन बढेको छ।

कम्पनीको गत आवमा कुल आम्दानी २.७१ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले सो अवधिसम्म १ अर्ब १५ करोड ५३ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी दिएको छ । यो दाबी भुक्तानी रकम अघिल्लो आवको तुलनामा २७.५३ प्रतिशत बढी हो ।

त्यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी १५.९१ रुपैयाँबाट बढेर १६.३० रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १५२.१२ रुपैयाँ रहेको छ ।  चुक्ता पूँजी २ अर्ब १५ करोड रहेको कम्पनीको महाविपत्ति कोषमा ४ करोड ६४ लाख, जगेडा कोषमा १८ करोड ३२ लाख र अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ छ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १०:१२