बुधबार यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
२८ साउन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्स १०.५० अंकले घटेर २७८५.७४को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार मायाखोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक अंकले बढेकाे छ । आज कम्पनीको सेयर ५.७४ प्रतिशतले बढेकाे छ । त्यस्तै, यस दिन सानिमा लार्ज क्याप फण्ड, नेपाल रिपब्लिक मिडिया, सप्तकोशी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक लगायतको सेयरमूल्य बढेकाे छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १५:२१














