१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार हुने कम्पनी

२८ साउन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्स ५.२८ अंकले घटेर २७९०.९५ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन बलेफी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ३४ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, यस दिन युनाइटेड मोदी हाइड्रोपावरको २७ करोड ४७ लाख रुपैयाँ, शिवम् सिमेन्टको २४ करोड चार लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको १९ करोड १२ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कमपनीको १८ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १५:१६