करिब ४३ करोडको हकप्रद निष्काशन गर्दै मन्दाकिनी हाइड्रोपावर
२८ साउन, काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्युत् नियमन आयोगबाट करिब ४३ करोड रुपैयाँ बराबरको सेयर निष्कशन गर्नका लागि पूर्व स्वीकृति पाएको छ ।
हकप्रद निष्कासनबाट संकलन हुने रकममध्ये २३ करोड ३४ लाख रुपैयाँ ऋण भुक्तानीका लागि उपयोग गरिनेछ भने बाँकी रकम माथिल्लो सार्दी खोला जलविद्युत् आयोजना निर्माणमा लगानी गरिने कम्पनीले जनाएको छ।
कम्पनीले उक्त आयोजना निर्माणमा ३५ करोड लगानी गर्ने उल्लेख गरेकोमा आयोजनामा अनुमानित लागत ६५ करोड ९२ लाख रुपैयाँबाट जम्मा ४६ करोड ३३ लाख रुपैयाँमात्रै बैंकबाट स्वीकृति भएको र ४६ करोड ३३ लाख टर्म लोन घटाउँदा बाँकी १९ करोड ५९ लाख रुपैयाँ बराबरको मात्रै स्व–लगानी हुनुपर्ने भएकाले उक्त आयोजना लगानी गर्ने प्रयोजनका लागि १९ करोड ५९ लाख रुपैयाँ समेत गरी जम्मा ४२ करोड ९४ लाख २४ हजार रुपैयाँ बराबरको हकप्रद निष्कासनको पूर्व स्वीकृति पाएको हो ।
अब कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद सेयर निष्कासनको औपचारिक अनुमति माग्ने प्रक्रिया अघि बढाउनेछ।
प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १४:१६














