धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त
२८ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त हुनुभएकाे छ । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाल बोर्डकाे सञ्चालकमा नियुक्त हुनुभएकाे हाे ।
नवनियुक्त सञ्चालक ढकाललाई बुधबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ गराउनुभएकाे हाे ।
प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १४:०२









