२९ पुष २०८२, मंगलवार | Wed Jan 14 2026

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले दिए राजीनामा

२८ साउन, काठमाडौं ।  शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभाग प्रमुखसहित वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा। रामेश कोइरालाले राजीनामा दिनुभएको छ ।

बुधबार एक्समा पोस्ट गर्दै कोइरालाले व्यक्तिगत कारणले काम गर्न असमर्थ भएको भन्दै आगामी ३० असोजदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गर्नुभएको हो ।  १६ अक्टोबर २०२५ सम्म केन्द्रमा उपस्थित हुन नसक्ने बताउँदै उहाँले आफ्नो व्यक्तिगत सामानबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेको जनाउनुभएको छ ।

यस्तो छ राजीनामा पत्र;

श्रीमान् कार्यकारी निर्देशक,
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,
बाँसबारी, काठमाडौं,

विषय: राजिनामा दिएको बारे ।
महोदय, उपरोक्त संबन्धमा आज २८ साउन, २०८२मा म यस केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै बरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेल/हस्ताक्षर प्रमाणिकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२देखि लागु हुनेगरी मेरो राजिनामा स्विकृत गरी संचालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु ।
सो अवधिबिच मैले उपयोग गर्दै आएको कार्यकक्षमा मेरा व्यक्तिगत सामान तथा कागजातबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेकाले हस्तान्तरणसम्म पर्खिदिन पनि अनुरोध छ।

म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं श्री गगन थापा, श्री प्रदीप पौडेल, तपाईं हाम्रो र हाम्रा सुभेच्छुकहरूको सपना बमोजिम संघीय सरकारले केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै बरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेल/ हस्ताक्षर प्रमाणिकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२ देखि लागु हुनेगरी मेरो राजिनामा स्विकृत गरी संचालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु ।

सो अवधिबिच मैले उपयोग गर्दै आएको कार्यकक्षमा मेरा व्यक्तिगत सामान तथा कागजातबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेकाले हस्तान्तरणसम्म पर्खिदिन पनि अनुरोध छ । म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं श्री गगन थापा, श्री प्रदीप पौडेल, तपाईं-हाम्रो र हाम्रा सुभेच्छुकहरूको सपना बमोजिम संघीय सरकारले यस केन्द्रलाई मुटुबाट बिस्तार गरी यसै वर्षदेखि ‘शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’का रूपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वस्त छु र यस्ता हरेक कार्यमा म सल्लाह सुझावका छु लागि हरदम उपलब्ध हुने नै छु । मलाई यस केन्द्रमा बिताएको २५वर्ष एवं यहाँको सद्भावको सदा सम्झना रहने छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १२:१४