बुधबार पनि घट्यो सुनको मूल्य
२८ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी दुई हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार ११:०५












