२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नाफासँगै बढ्यो मुक्तिनाथ कृषि कम्पनीको प्रतिसेयर आम्दानी

२८ साउन, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६२.४९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आमदानी ८.३४ प्रतिशतले घटेर १५ करोड ९३ लाखमा सिमित भएको छ । ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ३२ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा, मूल्य आम्दानी अनुपात १०४.१२ गुणा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ३ पैसा रहेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १०:३४