२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

प्रभु बैंकको नाफामा ९६५.४१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ४.४४

२८ साउन, काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले ५ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ९६५.४१ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथौ त्रैमाससम्म बैंकले ५१ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा बैंकले ७ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ३९.८७ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले ११ अर्ब ८९ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको छ।

बैंकको खुद सञ्चालन आम्दानी १३ अर्ब ८ करोड रुपैयाँ र सञ्चालन मुनाफा ६ अर्ब २८ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ४.९४ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।

समिक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ १२ पैसा, प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.६ गुणा रहेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार ०९:३८