२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

फेन्का अष्ट्रेलियामा नयाँ नेतृत्व, अध्यक्षमा मधुसुदन पुडासैनी

अष्ट्रेलिया । फेड्रेसन अफ नेप्लिज कम्युनिटी एशोशियसनस अफ अष्ट्रेलिया (फेन्का)को आगामी २०२५-२७  का लागि मधुसुदन पुडासैनीको अध्यक्षमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

यसै गरी उपाध्यक्षमा कपिल पाण्डे (साउथ अष्ट्रेलिया), महासचिव भोला गिरी (भिक्टोरिया), उप महासचिव प्रकाश पौडेल (न्यु साउथ वेल्स), कोषाध्यक्ष जीवन राणा (अष्ट्रेलियन क्यापिटल टेरोटेरी ) सहायक कोषाध्यक्ष केदार रिजाल (वेष्टन अष्ट्रेलिया ) प्रवक्ता केशब शर्मा (कुईन्सल्याण्ड), सहायक प्रवक्ता सुरेन रेग्मी (साउथ अष्ट्रेलिया) राज्य संयोजकहरू साउथ अष्ट्रेलिया पुस्कर कोइराला, अष्ट्रेलियन क्यापिटल टेरोटेरी सुरज पौडेल, न्यू साउथ वेल्स मुक्ति राम पोखरेल, तास्मानिया कमल भण्डारी, भिक्टोरिया कृष्णबहादुर महरा क्षेत्री, बेस्टन अस्ट्रेलिया डिल्लीराम पराजुली निर्वाचित भएका छन् भने नर्दन टेरोटेरी र क्वीन्सल्याण्डमा कुनै उम्मेदवारी नपरेकाले पछि मनोनित हुनेभएको छ ।

२०१५ मा गैर आवासिय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आयोजनामा सिड्नीमा भएको नेपाली सुदायका संस्थाहरुको भेलाबाट शुरु भएको फेन्का यात्रा अहिले सबै स्टेट टेरोटेरी सम्म पुगेको छ ।

आगामी २३ अगष्टमा ब्रिसबेनमा हुने साधारण सभामा नव निर्वाचित समितको सपथ ग्रहण हुने भएको छ ।

निर्विरोध निर्वाचित भए पछि दैनिकी संग कुरा गर्दै अध्यक्ष पुडासैनीले फेन्काको मुख्य उद्देश्य नै यहा रहेका नेपाली समुदायहरुलाई जोड्ने र अझै सबल एवं प्रभाबकारी बनाउन सहयोग गर्ने रहेकाले त्यसमा केन्द्रित हुने बताए । यस दुई बर्षे कालमा साथीहरु संग सल्लाह गरेर सबै राज्यहरुमा नेपाली समुदायिक संस्थाहरुलाई राज्य सरकारहरु, निकायहरु संग जोड्न संरचना बनाउने र जोड्न प्रयास गर्ने जसले नेपाली समुदायमा सरकारी सहयोगहरु आउने समेत बताए ।

अध्यक्ष पुडासैनीले अष्ट्रेलियाको बहुसास्कृतिक समुदाय संग नेपाली समुदायलाई जोड्न समेत प्रयास गर्ने बताए । समग्रमा२०२१ मा बनेको संस्थाको कार्य योजनामा थप छलफल गरेर त्यसलाई अगाडि बढाउने समेत बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार ०५:४०