३० पुष २०८२, बुधबार | Wed Jan 14 2026

‘नेप्से एआई’ एप डाउनलोड गर्ने बित्तिकै खाताबाट २८ लाखभन्दा बढी गायब !

२७ साउन, काठमाडाैं । नेप्से एआई नामक एप डाउनलोड गर्ने बित्तिकै एक व्यक्तिको खातामा रकम गायब भएको भएकाे छ । मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएका विज्ञापनकै आधार एप डाउनलोड गर्दा बैंक खाताबाट रकम गायब भएको जनाएकाे छ ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार एक व्यक्तिले नेप्से एआईबारे फेसबुकमा विज्ञापन देखेर थिए । त्यस नेप्से एआई एपले सेयर बजारको विश्लेषण गर्न बनाइएको भनेर प्रचार गरिएको थियो।

ती व्यक्तिले एप इन्स्टल गरेपछि एपमा रिमोट सेसन खुलेको थियो। त्यसपछि एक्कासि स्क्रिन कालो भएको र बैंकबाट रकम गायब भएको प्रहरीले जनाएको छ। ती पीडितको २८ लाख ६१ हजार रुपैयाँ रकम अन्यत्र खातामा ट्रान्सफर गरेको एसपी खड्काले बताउनुभयाे । त्यस्तै मोबाइलमा रहेका डाटाहरू समेत मेटाएको भनेर ती पीडितले सिआइबीमा उजुरी दिएका थिए।

प्रहरीले यस्ता एप जस्ता अपरिचित एपहरू डाउनलोड वा लिंकमा क्लिक नगर्न वा इन्स्टल नगर्न अनुरोध गरेको छ। त्यसैले प्रहरीले सबैलाई आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्न, टु-फ्याक्टर अथेन्टिकेशन कोडको प्रयोग गर्न र पासवर्डहरू नियमित रूपमा परिवर्तन गर्दै जान सुझाव दिएको छ। साथै, एनी डेस्क, टिम भ्युअरजस्ता रिमोट एक्सेस सफ्टवेयरहरू कुनै पनि अपरिचित व्यक्तिलाई नदिन भनेकाे छ ।

यस्ता घटना थाहा पाउन बित्तिकै बैंक वित्तीय संस्था, नजिकका प्रहरी कार्यालय वा साइबर ब्युरोमा खबर गर्न पनि सिआइबीले अनुरोध गरेको हो।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार १७:०८