२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

सेयर बजारमा दोहोरो अंकको गिरावट, करिब ७ अर्बको कारोबार

२७ साउन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से २६.२२ अंकले घटेर २७९६.२४ को बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको १ करोड ७६ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँको कारोबार भएको हो ।

यस दिन सिटी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  मंगलबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २७ करोड ७७ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन सिक्लेस हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेकाे छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार १५:४१