मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, दुई पुनर्बीमाको सर्वाधिक कारोबार
२७ साउन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से २६.२२ अंकले घटेर २७९६.२४ को बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको १ करोड ७६ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँको कारोबार भएको हो ।
यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २७ करोड ७७ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ९६ लाख ८७ हजार रुपैयाँ, लुम्बिनी विकास बैंकको २० करोड २६ लाख ४२ हजार रुपैयाँ, शिवम् सिमेन्ट्सको २० करोड ६ लाख ४३ हजार रुपैयाँ र बुटवल पावर कम्पनीको १९ करोड ६० लाख ७९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार १५:२८












