सिटी होटलको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
२७ साउन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से २६.२२ अंकले घटेर २७९६.२४ को बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको १ करोड ७६ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँको कारोबार भएको हो
शेयर बजार घटेतापनि यस दिन सिटी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य आज प्रतिकित्ता ५७ रुपैयाँले बढेको छ ।
त्यस्तै, यस दिन समजा लघुवित्तको सेयरमूल्य ४.३४ प्रतिशत, कालिका पावरको सेयरमूल्य २.३७ प्रतिशत, ग्रीन भेन्चर्सको सेयरमूल्य २.२५ प्रतिशत र कालिका लघुवित्तको सेयरमूल्य २.१८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार १५:२२












