दरमखोला हाइड्रोको आईपीओ बाँडफाँड मिति तय, २१ लाख बढीको हात खाली हुने
२७ साउन, काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओ साउन २९ गते बिहिबार बिहान बाँडफाँड हुने भएको छ ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ११.६६ गुणा बढी आवेदन हो ।
कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेका कारण सेयर हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ४२ हजार ३१८ जनाले सेयर प्राप्त गर्नेछन् । सोही मध्यबाट ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् । साथै, २१ लाख ३० हजार भन्दा बढीको हात खाली हुनेछ
प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार १४:४५












