निरन्तर घट्दै सुनको मूल्य, यस्तो छ नयाँ भाउ
२७ साउन, काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने छापावाल सुन प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य यस दिन १० रुपैयाँले घट्दै प्रतितोला २ हजार ३०५ रुपैयाँमा कायम भएको छ ।
प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार ११:०९












