२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

नबिल बैंकले कमायो ७ अर्बभन्दा बढी नाफा, वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड

२७ साउन, काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यो नाफा अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा १५.०१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो आवमा भने बैंकले १६ अर्ब ३१ करोड खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी १५ अर्ब ६७ करोड रुपैयाँबाट बढेर १८ अर्ब ६० करोड र सञ्चालन मुनाफा ८ अर्ब ६४ करोडबाट वृद्धि भएर १० अर्ब ८४ करोड पुगेको छ ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा रहेको छ। २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा अनुपात ४.४५ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा झरेको छ ।

 समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा ,मूल्य आम्दानी अनुपात २०.५५ गुणा र प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार ०९:११