प्रधानमन्त्री ओली समक्ष प्रतिष्ठानका अध्यक्ष ज्ञवालीद्वारा सपथ
२६ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन-आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।

ललितपुर, च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा प्रतिष्ठानको प्रमुख संरक्षक ओली सपथ गराउनुभएको हो । केही दिनअघि प्रतिष्ठानको सम्पन्न साधारणसभाले ज्ञवाली अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार १६:३०












