१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम १० अर्ब माथि

२६ साउन, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ को बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको २ करोड ५० लाख १९ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब १८ करोड १४ लाख रुपैयाँको कारोबार भएको हो ।  आज १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मूल्य बढेको छ ।

आज रिभर फल्स पावरका सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५३ करोड ८८ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार १५:४२