एक कम्पनीको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
२६ साउन, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २८.४४ अंकले घटेर २८२१.९२ को बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको २ करोड ५० लाख १९ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब १८ करोड १४ लाख रुपैयाँको कारोबार भएको हो ।
आज रिभर फल्स पावरका सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ३६ रुपैयाँले बढेकाे छ । त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य ६.८७ प्रतिशत, बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्य ३.४७ प्रतिशत र सिद्धार्थ बैंकको सेयरमूल्य २.३५ प्रतिशतले बढेकाे छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार १५:२६














