यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
२६ साउन, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २८.४४ अंकले घटेर २८२१.९२ को बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको २ करोड ५० लाख १९ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब १८ करोड १४ लाख रुपैयाँको कारोबार भएको हो ।
सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५३ करोड ८८ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको ४२ करोड ८३ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको ३६ करोड ६० लाख रुपैयाँ, शाहस उर्जाको ३६ करोड ४५ लाख रुपैयाँ र बुटवल पावरको २९ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार १५:२०














