१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

छुट्ला है ! एक कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

२६ साउन, काठमाडौं । सिटि होटल लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ८० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि यही साउन २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ः०.८० अनुपातमा कुल १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार १४:१०