सिक्लेस हाइड्रोपावरले घोषणा गर्यो लाभांश, बोनसपछि हकप्रद जारी गर्ने
२६ साउन, काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साथै उक्त बोनस सेयरपछि कायम हुने चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी आर्थिक वर्षको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ ।
प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार १४:०१














