२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

३२ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?

२६ साउन, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ छ । यो अधिल्लो वर्षको तुलनामा १९.३६ प्रतिशतले बढेको हो । बैंकको सञ्चालन मुनाफा ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

यस अवधिसम्ममा बैंकले दुई खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई खर्ब १३ अर्ब ६२ लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ । चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको रिर्टन्ड अर्निङ ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ, र जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ ।

बैंकको खराब कर्जा ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशत छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ९९ पैसा, प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात १८.४७ गुणा रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार १३:५४