२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नारायणकाजी श्रेष्ठ र झलनाथ खनालबीच भेट

२५ साउन, काठमाडौं। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका सम्म‍मानित नेता झलनाथ खनालसँग भेट गर्नुभएको छ।

आइतबार खानालको डल्लुस्थित निवासमै पुगेर श्रेष्ठले भेट गर्नुभएको हो । छलफलमा समग्र विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विश्व समाजवादी आन्दोलन र आजको सन्दर्भमा वर्ग बनोट र वर्ग संघर्षका विविध रूपहरूको बारेमा छलफल भएको बताइएको छ।

श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाटको दौडधुप बढाउनुभएको छ । यसअघि उहाँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’  र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गर्नुभएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १७:३०