महाकाली नदीमा नुहाउन गएका दुई बालिका डुबेर बेपत्ता
२५ साउन, काठमाडौं । महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भीमदत्त नगरपालिका- ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउनेक्रममा उनीहरू बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ता बालिकाहरूको खोजी गरिरहेको छ ।
प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १६:४२









