सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
२५ साउन, काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य यस दिन ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १०:४०












