१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रोजगारीको शिलशिलामा मलेसियामा रहेका ललितपुरका इन्द्र तामाङको छुरा प्रहार गरी हत्या

६ माघ, काठमाडाैँ । रोजगारीको शिलशिलाामा मलेसियामा रहेका एक जना नेपालीको छुरा प्रहार गरी हत्या भएको छ । मलेसियाको राजधानी केपोङ्गको एउटा कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच भएको झगडामा प्रदेश नम्बर ३ को ललितपुरका इन्द्र तामाङको हत्या भएको हो ।

झगडामा नेपालकै प्रदेश नम्बर १ झापाका लालबहादुर लिम्बु घाइते भएका छन ।  नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि छुट्याउन खोज्दा म्यानमारका नागरिकको छुरा प्रहारबाट तामाङको ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाइते भएका लिम्बुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७५, आईतवार ०९:५२