२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

जीवन बीमा कम्पनीको व्यापार पौने २ खर्ब, कसको कति ?

२३ साउन, काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा पौने २ खर्बको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्मको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरूले १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो आवको तुलनामा १६.०४ प्रतिशत धेरै हो । अघिल्लो आवमा कम्पनीहरुले कुल १ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

गत आवको अन्त्यसम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले गत आवमा ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । यो अवधिमा कम्पनीले एक वर्षमा २२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, यो अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले १९ अर्ब ९२ करोड ५५ लाख, हिमालयन लाइफले १७ अर्ब ६६ करोड, सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड, एशियन लाइफले १० अर्ब २४ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड, सिटिजन लाइफले ७ अर्ब ५१ करोड, सानिमा रिलायन्स लाइफले ७ अर्ब ६९ लाख, मेट लाइफले ६ अर्ब २५ करोड, आइएमई लाइफले ६ अर्ब २५ करोड, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड, रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड र सन नेपाल लाइफले ५ अ र्ब ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १६:३९