निर्जीवन बीमा कम्पनीकाे ब्यवसाय ६.७७ प्रतिशतले बढ्याे, सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको
२३ साउन, काठमाडौं। गत आर्थिक वर्षमा निर्जीवन बीमाको ब्यवसाय ६।७७ प्रतिशतले बढेको छ । १४ निर्जीवन बीमा कम्पनीहरुको गत आर्थिक वर्षमा ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँको ब्यवसाय गरेका हुन् ।
यो बीमाशुल्क रकम आव २०८१/८१ को तुलनामा ६.७७ प्रतिशत बढी हो । अघिल्लो आवमा निर्जीवन बीमकहरुले ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । गत आवमा सबैभन्दा बढी व्यवसाय आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । यो अवधिमा कम्पनीले ५ अर्ब ७९ करोड ४२ लाख कमाएको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ३१ करोड, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ अर्ब २ करोड, हिमालयन एभरेष्टले ४ अर्ब १० करोड, आइजीआई प्रुडेन्सियले ३ अर्ब ८६ करोड, नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ६ करोड, युनाइटेड अजोडले २ अर्ब ७८ करोड, द ओरियन्टल इन्स्योरेन्सले २ अर्ब ७० करोड, सानिमा जिआइसीले २ अर्ब ७० करोड, नेपाल इन्स्योरेन्सले २ अर्ब ३ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ८६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३७ करोड र नेशनलन इन्स्योरेन्सले १ अर्ब ६ करोड रुपैयाँ प्रिमियम भित्र्याएका छन् ।
प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १६:२०












