महाकालीमा पानीको बहाव बढ्यो, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
२३ साउन, कञ्चनपुर । महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । महाकालीमा पानीको बहाव एक लाख तीन हजार क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।
महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेबित्तिकै चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइने गरिन्छ । महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ ।
प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १५:३१









