२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

लाभांश प्रस्ताव पारित गर्दै प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न

२३ साउन, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २९ औँ वार्षिक साधारण सभा आज तीनकुने काठडौंमा रहेको प्रभु कम्प्लेक्समा सम्पन्न भएको हो ।

उक्त सभामा सेयरधनीलाई चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश गरी कुल १८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत साउन २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसको अर्थ साउन १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी यसअघिको ५०.१५ प्रतिशतको हकप्रद सेयर निष्कासनको प्रस्तावलाई संशोधन गरी ४७ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १५:०३