एक कम्पनीकाे सेयरमूल्य समायोजन
२३ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिभर फल्स पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको समायोजनापश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६९.२३ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६३८.४५ रुपैयाँ कायम थियो । अब सोमबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १४:४५












