२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने

२३ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने हुनुभएको छ। मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने गरी संसद् बैठक बोलाउन प्रदेशसभा सचिवालय समक्ष जानकारी गराउनुभएको हो ।

साउन २० गते मुख्यमन्त्री नियुक्त हुनुभएको बानियाँले ३० दिनभित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव अघि बढाउनुभएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १३:५६