२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

सप्तरीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद

२३ साउन, सप्तरी ।  सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद गरिएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले १७  पोकामा राखिएको सो गाँजा बरामद गरेको हो ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १३:४८