बाइड बडी भ्रष्टाचारमा कांग्रेस किनाराको साक्षी बन्नु मुलुकका लागि दुर्भाग्यः नेता गुरूङ
६ माघ, कठमाडाैँ । नेपाली कांग्रेसका युवा नेता धनराज गुरूङले बाइड बडी भ्रष्टाचारमा प्रमुख प्रतिपक्षी दल किरानाको साक्षी बनेको अारोप लगाएका छन । अाफ्नै पार्टी सभापति समेत मुछिएको भ्रष्टाचार देशका लागि दुर्भाग्य भएको भन्दै उनले छानविन गरी दोषीलाइ कारबाही गर्ने कारबाही गर्न माग गरे ।
स्याङ्जाको विरूवामा नेपाल शिक्षक संघकाे कार्यक्रममा सम्बोधन गर्दै नेता गुरूङले बाइड बडीको भ्रष्टाचारमा प्रतिपक्षी दलले संसद र सडकबाट सशक्त बिरोध गर्नुपर्नेमा उल्टै किरानाको साक्षी बन्नु मुलुकका लागि दुर्भाग्य भएको बताए । उनले भने “मुलुकको वाइड बडि भ्रष्टाचार काण्डमा प्रतिपक्ष दल कांग्रेसले संसद र सडकबाट शसक्त बिरध गर्नैपर्थ्यो, तर प्रतिपक्ष कांग्रेस यति ठुलो भ्रष्टाचार काण्डको किनाराको साँछी जस्तो बन्नु मुलुकका लागि दुर्भाग्य नै हो।”
स्याङ्गजा विरुवामा नेशिसंघको कार्यक्रममा:”मुलुकको वाइड बडि भ्रष्टाचार काण्डमा प्रतिपक्ष दल कांग्रेसले संसद र सडकबाट शसक्त बिरध गर्नैपर्थ्यो, तर प्रतिपक्ष कांग्रेस यति ठुलो भ्रष्टाचार काण्डको किनाराको साँछी जस्तो बन्नु मुलुकका लागि दुर्भाग्य नै हो।” pic.twitter.com/nMdDiId9el
— Dhan Raj Gurung (@dhanrgrg) January 20, 2019
प्रकाशित मिति : ६ माघ २०७५, आईतवार ०९:०३